यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन तयारी शुरु गरेको छ ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी डा लोकनाथ भुसालले यसबारे यातायात व्यवसायीहरुसँग छलफल भइरहेको बताए ।

यातायात व्यवसायीहरुसँग छलफल गरेर यहि शुक्रबारसम्म बुकिङ शुरु हुने मिति टुङ्गो लगाउने भुसालको भनाई छ ।

दशैंको मौका छोपी सार्वजनिक सवारीले बढी भाडा लिने गरेको छ । त्यसलाई रोक्न र सहजसँग यात्रुलाई घर जाने वातावरण बनाउन विभागले व्यवसायीसँग समन्वय गरेर अग्रिम टिकट बुकिङ खुलाउने गरिएको छ ।