प्रमुख प्रतिपक्षी नेकपा एमालेले विधान महाधिवेशन मिति सार्ने निर्णय गरेको छ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शनिबार बसेको स्थायी कमिटी बैठकले पहिलो पटक गर्न लागिएको विधान महाधिवेशन असोज १५ देखि १७ सम्म गर्ने निर्णय गरेको हो।
एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले विधान महाधिवेशनका लागि दस्तावेज तयारीसहितका कामलाई समय अपुग भएपछि मिति एक सातालाई सारिएको जानकारी दिए। यसअघि एमालेले विधान महाधिवेशन असोज ४ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको थियो।
यस्तै एमालेले विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिहरुको टुंगो लगाएको छ। शनिबारको बैठकले करिब ३ हजार प्रतिनिधिको सैद्धान्तिक टुंगो लगाएको हो।








