व्यवसायी तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव रुक्मशमशेर राणाको निधन भएको छ ।
काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा राणाको ८५ वर्षको उमेरमा आज निधन भएको हो । मिर्गौला प्रत्यारोपणपछि उहाँ नियमित डाइलाइसिस गरिरहनु भएकोे थियो ।
नेपाली कांग्रेसका संस्थापक नेता शुवर्णशमसेरका कान्छा छोरा रुक्म सन् २००९ देखि २०११ सम्म भारतको राजदूत बन्नु भएको थियो । उहाँ भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशक हुनुहुन्छ ।
राणाले राष्ट्रिय खेलकुद परिषद्को दुई कार्यकाल सदस्यसचिवको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएको छ । त्यसयता नेपाल ओलम्पिक कमिटीमा पनि लामो समय नेतृत्व दिनुभएका राणा हाल ओलम्पिक कमिटीमा मानार्थ अध्यक्ष हुनुहुन्छ । उहाँको भोली दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।








