नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर भएको छ । प्रदेश र केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी बाँकी अधिवेशनको समयतालिका संशोधन गरिएको हो ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा महाधिवेशनसमेत सम्पन्न हुन नसकेपछि काँग्रेसले महाधिवेशन कार्यतालिका संशोधन गरेको हो ।
संशोधित कार्यतालिका अनुसार अब अधिवेशन हुन बाकी २० जिल्लामा रहेका वडा अधिवेशन ५ असोज, पालिकार नगर अधिवेशन ९ असोज, प्रदेशसभा क्षेत्रीय अधिवेशन १२ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन /एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १५ असोजमा र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १८ असोजमा हुने भएको छ ।
यस्तै प्रदेश अधिवेशन १०–१२ कात्तिकमा र केन्द्रीय महाधिवेशन ९–१३ मंसिरमा हुनेछ ।









