सत्तारूढ गठबन्धनको बैठक आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड),नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ,जसपाका अध्यक्ष उपेन्द्र यादव ,राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना तथा चालु संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै आ–आफ्नो पार्टीमा मन्त्रीहरुको नाम टुंग्याउन आग्रह गरेपछि एकदुई दिनभित्रै यसलाई पूर्णता दिने सहमति भएको नेताहरुको भनाइ छ ।

सरकार गठन भएको करिव २ महिना हुनलाग्दा समेत मन्त्रिपरिषदले पूर्णता पाउन नसकेपछि गठबन्धनमाथि दबाब परेको छ ।