सत्तारुढ ५ दलीय गठबन्धन बैठक आह्वान गरिएको छ ।

मन्त्रिपरिषद विस्तार र एमसीसी लगायतका विषयमा छलफल गर्न शुक्रबार विहान ९ वजे बस्न लागेको हो ।

गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा बस्न लागेको हो ।

मन्त्रिपरिषद् विस्तार, एमसीसी र संसदलाई कसरी सशक्त बनाउने भन्नेबारे सत्ता गठबन्धनमा छलफल हुने बताइएको छ ।

सरकार बनेको २ महिना हुन लाग्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन ।

त्यस्तै, आजै दिउँसो १२ बजे मन्त्रिपरिषद बैठक पनि बस्ने भएको छ ।

बालुवाटारमा गठबन्धनको बैठकपछि पौने १२ बजे मन्त्रिपरिषद बैठक बस्ने बालुवाटार स्रोतले जनाएको छ ।