संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा विभत्स हत्या गरिएको ६ जनाको अन्त्येष्टि सुनसरीको इटहरीस्थित बुढीखोला घाटमा गरिएको छ ।
सोमबार संखुवासभाको मादीमा हत्या गरिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको बुधबार साँझ सुनसरीको इटहरीस्थित बुढीखोला घाटमा अन्त्येष्टि गरिएको हो ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमपछि बुढीगंगा घाटमा अन्त्येष्टि गरिएको जानकारी गराइएको छ ।
गत सोमबार संखुवासभाको मादीस्थित खोलागाउँमा ८४ वर्षया पार्वती कार्की, उनका ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
उक्त घटनामाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।








