पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५६८ सहित देशभर थप १६४० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ५९ हजार ५३५ जना पुगेको छ ।
९ हजार ७६७ जनामा पीसीआर परीक्षण गर्दा १३४७ जना र ३६८८ एन्टिजेन परीक्षण गर्दा २९३ जनामा गरी १६४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३४९, ललितपुरका १५० र भक्तपुरका ६९ जना गरी ५६८ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २१६१ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ३३ हजार १६१ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०८८९ पुगेको छ ।








