गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरेको छ ।

काठमाडौंका सिडिओ कालीप्रसाद पराजुलीलाई मन्त्रालयमा तानेर उनको ठाउँमा गृह मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पराजुलीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो ।

गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय निर्णयबाट पराजुलीलाई हटाएर रिजाललाई ल्याइएको बताइएको छ ।

रिजाल विगत ४ महिनादेखि गृहमन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए । रिजाल विभिन्न जिल्लामा सिडिओ भैसकेका र गृह प्रशासनका अनुभवी प्रशासकका रूपमा चिनिन्छन् ।