पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ६६७ सहित देशभर थप १७५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ५१ हजार ९६४ जना पुगेको छ ।

९ हजार ७७३ जनामा पीसीआर परीक्षण गर्दा १३५७ जना र ४५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा गरी १७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ४६७, ललितपुरका १२९ र भक्तपुरका ७१ जना गरी ६६७ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २२७४ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख २३ हजार ४५६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०८०९ पुगेको छ ।