नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूह १४ औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार खोज्ने प्रतिवद्धता जनाएको छ ।

बिहीबार पार्टी मूख्यालय सानेपामा पत्रकार सम्मेलन गरी पौडेल समुहले आसन्न महाधिवेशनका साझा उम्मेदवार खोज्ने बताएको हो ।

पटक पटकको छलफलबाट पनि सभापतिका आकांक्षीहरुबीच सहमति हुन नसकेपछि पौडेल समुलले सभापतिमा एउटै उम्मेदवार बनाउने घोषणा गरेको हो ।