पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ७९३ सहित देशभर थप २००४ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ५० हजार २०८ जना पुगेको छ ।

१० हजार ६५८ जनामा पीसीआर परीक्षण गर्दा १६१९ जना र ३९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ५४१, ललितपुरका १५२ र भक्तपुरका १०० जना गरी ७९३ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १८४६ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख २१ हजार १८२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०७८६ पुगेको छ ।