दाङमा बाढीले गाडी बगाउँदा चार जनाको मृत्यु भएको छ भने एक जनाको जिवितै उद्धार गरिएको छ ।
घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा घोराही १३ का ३२ बर्षिय सुशिला श्रेष्ठ, घोराही १४ का ३० बर्षिय राधा श्रेष्ठ कुवर, घोराही–१३ का ४० बर्षिय रितामाया पुन र घोराही–१४ का ४२ बर्षिय विमला केसीको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिएका छन ।
चालकलाई भने प्रहरीले उद्धार गरेको छ । रुपैडियाँ किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो । प्रदेश ०३–०१–०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाएको हो ।
मृतक राधा र शुसिला घोराही उपमहानगरपालिका वडा नम्बर १६ का सदस्य जगत श्रेष्ठका छोरीहरु हुन । चालक घोराही–१५ का ४० बर्षिय नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।








