पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ७१९ सहित देशभर थप २०५२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ४८ हजार २०४ जना पुगेको छ ।

१० हजार ६१२ जनामा पीसीआर परीक्षण गर्दा १६४८ जना र ४३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २०५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ४७१, ललितपुरका १०२ र भक्तपुरका १४६ जना गरी ७१९ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३०३० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख १९ हजार ३३२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०७७० पुगेको छ ।