काठमाडौं उपत्यकामा स्थानीय तहहरु र जिल्ला कोभिड संकट व्यबस्थान केन्द्र (डीसीसीएमसी)सँग समन्वय गरेर मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्न पाइने भएको छ ।
बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीचको बैठकले भदौ मसान्तसम्म लागू हुने गरी स्मार्ट लकडाउन गर्ने निर्णय गर्नुका साथै विद्यालयहरु भौतिक रुपमा सञ्चालन गर्न नपाइने तर सञ्चालन गर्नै पर्ने भएमा स्थानीय तहहरु र जिल्ला कोभिड संकट व्यबस्थान केन्द्रसँग समन्वय गरेर मात्र गर्न पाइने व्यबस्था गरेको हो ।
यस्तै अब पसल, रेष्टुरेन्ट, होटललगायतका व्यवसायहरू पनि सञ्चालन गर्न पाइने भएको छ । तर, अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भीडभाड गर्ने, सभाजुलुस गर्ने, जात्रा, महोत्सव, आदिमा भने प्रतिबन्ध लगाउने निर्णय भएको छ ।
यस्तै ढुवानीको हकमा भने प्रशासनले समय सीमा तोकेको छ । स्थानीय ढुवानीको हकमा विहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजे सम्म गर्न पाइने जनाइएको छ । सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी भने बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म गर्न पाइने व्यवस्था मिलाइएको छ ।
हेर्नुहोस सूचना









