पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५६४ सहित देशभर थप १६६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ४६ हजार १५२ जना पुगेको छ ।
९ हजार ११७ जनामा पीसीआर परीक्षण गर्दा १५२३ जना र ३१०५ एन्टिजेन परीक्षणमा १४१ जना गरी १६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ४१३, ललितपुरका ८७ र भक्तपुरका ६४ जना गरी ५६४ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १७८६ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख १६ हजार ३०६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०७५० पुगेको छ ।








