करिब नौ करोड मूल्य बराबरको २ किलो ९६६ ग्राम कोकिनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोकिनसहित तीन जना विदेशी नागरिकलाई लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दक्षिण अफ्रिकी, भारतीय र तान्जानिया नागरिक रहेको व्युरोको प्रवक्ता जीवन श्रेष्ठले बताए ।

ब्यूरोका अनुसार गत भदौ ३ गते कतार एयरलाइन्सको विमानमार्फत् केपटाउनबाट दोहा हुँदै नेपाल आएकी दक्षिण अफ्रिकन नागरिक सिर्ले गामा २ किलो ९६६ ग्राम कोकिनसहित पक्राउ परेकी थिइन् ।