नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन ।
आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले जानकारी दिए ।
यस्तै बैठकलले राष्ट्रियसभा संसदीय दल नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाल चयन गरेको छ भने अरु पदाधिकारीहरु पछि चयन हुने सांसद चौधरीले जानकारी दिए ।
संसदीय दलको बैठकले विधान मस्यौदा समिति पनि बनाएको छ । समितिमा भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी चयन भएका छन ।








