नेकपा एमालेले नेता भीम आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाउने तयारी गरेको छ । यसका लागि नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकले आचार्यलाई संसदीय नेता बनाउने तयारी थालेको छ ।

संसदीय दलको बैठकले आचार्यलाई नेता चयन गरेलगत्तै मुख्यमन्त्री शेरधन राईले मूख्यमन्त्रीको पदबाट पनि राजिनामा दिने र आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने बुझिएको छ ।

आचार्यको आजै सपथ गराउने तयारी भईरहेको छ । ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमाले एक्लैसँग ५१ सांसद छन् ।

जुन प्रदेशसभाको स्पष्ट बहुमत हो । एमालेलाई प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रदेश १ मा एमालेबाट नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा जाने सांसदको संख्या ९ जना रहेको भनिए पनि अहिले त्यो संख्या घटिसकेको बताईएको छ ।