कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज काठमाडौँमा भदौ ११ गतेदेखि १३ गतेसम्म लगाइने भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो मात्रा खोप लगाएकाहरुले भदौ ११ देखि १३ गतेसम्म खोप लगाउन पाउने छन् ।

खोपको दोस्रो मात्रा करिब २ लाख १६ हजार नागरिकले लगाउने छन् । भदौ ५, ६ र ७ गते सार्वजनिक विदा परेकाले भदौ ११ गतेदेखि दिइने व्यवस्था मिलाइएको हो ।