कोभिड-१९ संक्रमण कारण बैशाख १६ देखि जारी निषेधाज्ञा पुनः थप गरिएको छ । मंगलबार बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा भदौ १६ गतेसम्म लम्ब्याउने निर्णय गरेका छन् ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालीप्रसाद पराजुलीले साबिककै निषेधाज्ञालाई अनुसरण गरिने बताएका छन् ।

साथै, राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने नियम भने तत्कालका लागि हटाइएको उनले बताएका छन् ।

सिडिओ पराजुलीका अनुसार निजी सवारी साधनलाई कोभिड प्रोटोकल पालना गरेर चलाउन पाइने आदेश दिइएको छ ।

यसअघिको बैठकले गरेको निषेधाज्ञाको समय आज भदौ ८ गते सकिँदैछ ।