पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ७०८ सहित देशभर थप १८०१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख २९ हजार ४४३ जना पुगेको छ ।

८ हजार ७०४ जनामा पीसीआर परीक्षण गर्दा १५४८ र २६२२ एन्टिजेन परीक्षणमा २५३ जना गरी १८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ४४१, ललितपुरका १६७ र भक्तपुरका १०० जना गरी ७०८ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २२४८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ९७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०५३३ पुगेको छ ।