पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १०३३ सहित देशभर थप ३२७४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख १४ हजार १२७ जना पुगेको छ ।

११ हजार ५६५ जनामा पीसीआर परीक्षण गर्दा २४५६ र ६१२४ एन्टिजेन परीक्षणमा ८१८ जना गरी ३२७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ६७३, ललितपुरका २१९ र भक्तपुरका १४१ जना गरी १०३३ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १९२९ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ८७ हजार ६९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०३५४ पुगेको छ ।