बागमती प्रदेशसभाको आठौं अधिवेशनको २२ औं बैठक आज बस्दैछ। गत असार २८ गते चालु आर्थिक वर्षको बजेट पास गरेर स्थगित भएको प्रदेशसभा बैठक एक महिनापछि बस्न लागेको हो।

मंगलबार दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाउने र प्रदेश सभा नियमावली प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयको सचिव कृष्णहरि खड्काले जानकारी दिए।

प्रदेश सभामा केही ऐन संशोधन गर्ने विधेयक दर्ता भए पनि आजको बैठकमा पेस नहुने खड्काले बताए। प्रदेश सरकारले एकैपटक १३ वटा ऐन संशोधन गर्ने तयारी गरेको छ।