नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन ।

शाक्यले कुलमान घिसिङको नियुक्ति बदर हुनुपर्ने र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफूलाई नै कायम गर्न अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दर्ता गराएको सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले सोमबार घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले दायर गरेको रिट निवेदन दर्ता भएको जानकारी दिदै रिटमाथि बुधबार सुनुवाइ तोकिएको बताए ।

सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्दै शाक्यलाई उर्जा आयोगमा सचिव सरहको सेवा सुविधा दिनेगरी तान्ने निर्णय गरेको थियो । नवनियुक्त कार्यकारी निर्देशक घिसिङले गत बुधबारबाट प्राधिकरणमा पदभार सम्हालिसकेका छन ।