नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन मंसिर ९ देखि १२ गतेसम्म हुने भएको छ ।
केन्द्रीय कार्य समितिको शनिबार बुढानिलकण्ठमा बसेको बैठकले भदौ २३ मा निर्धारित महाधिवेशन तीन महिना पछि धकेल्ने निर्णय गरेको हो ।
यस्तो छ कार्यतालिका
भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका रहेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो ।
कार्यतालिका अनुसार वडा अधिवेशन भदौ १८ गते, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।








