पछिल्लो २४ घण्टामा देशभर थप ३६५१ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख ८७ हजार ६ जना पुगेको छ ।

१० हजार ४४५ जनामा पीसीआर परीक्षण गर्दा २६०९ र ६१४९ एन्टिजेन परीक्षणमा १०४२ जना गरी ३६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १७८४ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ७१ हजार ८३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०११५ पुगेको छ ।