पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ९१० सहित देशभर थप ३२१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख ८० हजार ८०७ जना पुगेको छ ।

८ हजार ८६६ जनामा पीसीआर परीक्षण गर्दा २२३१ र ४७०७ एन्टिजेन परीक्षणमा ९८७ जना गरी ३२१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ५९३, ललितपुरका १८९ र भक्तपुरका १२८ जना गरी ९१० कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १७२२ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ६७ हजार २७० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १००३८ पुगेको छ ।