२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो ।
नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९,आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकम तथा एनसेलबाट १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ ।
त्यसैगरी www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com बाट पनि नतिजा थाहा पाउन सकिनेछ ।
सरकारले कोरोना भाइरसको सङ्क्रमण बढेपछि २०७७ सालमा कक्षा १० का विद्यार्थीको एसईईको अन्तिम मूल्याङ्कन गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिने निर्णय गरिएको थियो ।








