पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ९०३ सहित देशभर थप ३३८३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख ६५ हजार ८१५ जना पुगेको छ ।

१० हजार ६३८ जनामा पीसीआर परीक्षण गर्दा २४४८ र ६०८० एन्टिजेन परीक्षणमा ९३५ जना गरी ३३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ६१२, ललितपुरका १७७ र भक्तपुरका ११४ जना गरी ९०३ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १९९४ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ६० हजार ११६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९९२२ पुगेको छ ।