पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ७६८ सहित देशभर थप ३१०६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख ५६ हजार ७३९ जना पुगेको छ ।
९ हजार २६३ जनामा पीसीआर परीक्षण गर्दा २२८० र ४२५६ एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ५१०, ललितपुरका १६४ र भक्तपुरका ९४ जना गरी ७६८ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १९१६ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९८५७ पुगेको छ ।








