सरकारले प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।
मंगलबार बालुवाटारमा बसेको बैठकले नेपाली सेनाका बलाधिकृत रथी शर्मालाई साउन २५ देखि लागु हुने गरी कामु प्रधानसेनापतिको तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
अवकाश हुन एक महिनाअघि विदामा बस्ने प्रचलनअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापा साउन २५ देखि बिदामा बस्दैछन् ।
त्यसैले, साउन २५ गतेदेखि शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।







