उपत्यकामा ६२४ सहित देशभर थपिए २२३७ जना संक्रमित, एकैदिन २०५० निको हुदा १८ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ६२४ सहित देशभर थप २२३७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख ३४ हजार ७९९ जना पुगेको छ ।

१० हजार ५६९ जनामा पीसीआर परीक्षण गर्दा १५३९ र ३२६५ एन्टिजेन परीक्षणमा ६९८ जना गरी २२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ४६८, ललितपुरका ८९ र भक्तपुरका ६७ जना गरी ६२४ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २०५० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ४३ हजार ६१५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९७१३ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *