पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ७५१ सहित देशभर थप २७१४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख २७ हजार १६९ जना पुगेको छ ।
९ हजार १२२ जनामा पीसीआर परीक्षण गर्दा १८५५ र ३७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ५३६, ललितपुरका १३० र भक्तपुरका ८५ जना गरी ७५१ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२८८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ३७ हजार ६९० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९६६१ पुगेको छ ।








