समायोजनका नाममा पार्टी कब्जा गर्न खोजेको कांग्रेसका १० नेताको आरोप

नेपाली कांग्रेसका १० जना केन्द्रीय सदस्यहरुले समायोजनका नाममा पार्टी कब्जा गर्ने षड्यन्त्र भइरहेको अरोप लगाएका छन् ।

पार्टीमा नयाँ सदस्यहरुको आगमन हुनु आवश्यक भए पनि कांग्रेसका पुराना कार्यकर्तालाई विस्थापित गर्नेगरी समायोजनका नाममा विधि विपरीत बाँडिएका सदस्यताले पार्टीको मर्ममाथि प्रहार हुने उनीहरुले जनाएका छन्।

केन्द्रीय सदस्यहरु डा चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त वक्तव्य जारी गर्दै यस्तो आरोप लगाएका छन्।

‘समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रक्रिया बाहिरबाट वितरण गरिएका क्रियाशील सदस्यताले पार्टीको मर्ममाथि नै प्रहार गरेको छ र आफ्नो सर्वस्व सुम्पेका साथीहरूको आत्मसम्मानमा प्रहार गरेको छ’ विज्ञप्तिमा भनिएको छ,‘यसलाई तुरुन्त रोक्नु पर्दछ।’

यस्तो छ विज्ञप्ति

कांग्रेसका १० नेताले निकाले सयुक्त विज्ञप्ती, समायोजनका नाममा जथाभावि क्रियाशिल सदस्यता बाढीएको आरोप