प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत लिने प्रस्तावमा फ्लोर क्रस गर्ने २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मतको पक्षमा मत दिने २२ सांसदलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।
केन्द्रीय कमिटी बैठकले पार्टी एकताका लागि गठन गरेको संयुक्त कार्यदलले तयार गरेको १० बुँदे एकता प्रस्ताव पारित गरेको छ ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसँग पार्टी एकता सम्भव नभएको दोहो¥याउनुभएको थियो । ‘कार्यदलका नेताहरुसँग नै उहाँले प्रतिवेदन अस्वीकार गर्नुभएको छ,’ अध्यक्ष ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले एमाले संसदको सबैभन्दा ठूलो पार्टी रहेको भन्दै लोकतान्त्रिक ढंगबाटै आफ्ना क्रियाकलापहरु जारी राख्ने बताउनुभयो ।








