नेपाली कांग्रेसका नेता गगन थापाले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छन् ।
प्रधानमन्त्री देउवाले आफू सरकारी निवासमा सरेको भोलिपल्टै कांग्रेस पदाधिकारीको बैठक बालुवाटारमा बोलाएपछि त्यसको आलोचना भएको थियो ।
आज विहान सामाजिक सन्जालमार्फत नेता थापाले आफूहरुले पार्टीका कामहरु बालुवाटारबाट नगर्न अनुरोध गरेको र त्यसमा प्रधानमन्त्री सकारात्मक रहेको जनाएका छन् ।








