कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी)ले लामो दूरीको सार्वजनिक यातायात खुलाउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।
संक्रमणको परिस्थिति हेरेर लामो रुटमा चल्ने अन्तर–जिल्ला यातायातलाई शर्तसहित खुलाउन हिजो शुक्रबार सुझावसहित सिफारिस गरिएको सीसीएमसीले जनाएको छ । संक्रमण बढ्ने परिस्थिति आए पुनः यातायात बन्द गर्न सकिने भए पनि तत्कालका लागि खुलाउन सिफारिस गरिएको सीसीएमसीको भनाइ छ ।
योसँगै अब बस्ने मन्त्रिपरिषद बैठकमा लामो दूरीको सार्वजनिक यातायात खुलाउनेबारे निर्णय हुन सक्ने अनुमान गरिएको छ ।








