नेपाली कांग्रेसको आजका लागि आह्वान गरिएको पदाधिकारी बैठक स्थगित भएको छ।
आज दिउँसोका लागि बोलाइएको बैठक भोलिसम्मको लागि स्थगित भएको कार्यलय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक भोलि दिउँसो दुई बजे बस्ने छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको पौडेलको भनाइ छ।
पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्ने तयारी थियो। कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनि बाँकी मन्त्रीमा क–कसलाई पठाउने भन्ने निर्णय हुन बाँकी छ।
यस्तै पदाधिकारी बैठकमा पार्टीको आशन्न १४ औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे छलफल गर्ने कार्यसूचि रहेको थियो। कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने घोषणा गरिसकेको छ।








