शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
आज बसेको पहिलो मन्त्रीपरिषद् बैठकले उनलाई सो जिम्मेवारी दिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रीहरुको शीतलनिवासमा सपथग्रहणपछि सिंहदरबारमा प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेका थिए । त्यसपछि पहिलो मन्त्रीपरिषद्को बैठक बसेको थियो । बैठकबाट प्रवक्ताको जिम्मेवारी पाएका कार्कीले मन्त्रीपरिषद्को निर्णय पत्रकारहरुलाई सुनाएका थिए ।








