कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले नेपाललाई दिन लागेको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ।

अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप लिएर कतार एयरको जहाज केही बेर अघि काठमाडौं आइपुगेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देव चन्द्रलाल कर्णले जानकारी दिए। त्रिभुवन विमानस्थलमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले पत्रकार सम्मेलन गरेर स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे।

अमेरिकाबाट आइपुग्यो १५ लाख डोज ‘जोन्सन एण्ड जोन्सन’ खोप

आजै बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि राजदूत बेरीले सो खोप हस्तान्तरण गरेका छन ।

सो अवसरमा प्रधानमन्त्री ओलीले खोप अनुदान उपलब्ध गराएकोमा अमेरिकी सरकारलाई धन्यवाद दिए ।

अमेरिकाले दिएको सो खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई दिने सरकारले तयारी गरेको छ ।