पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
- असार २७, २०७८
- 0
कमल अधिकारी/ पाल्पा, अविरल वर्षासँगै पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।
गएराति सिद्धार्थ राजमार्ग अन्तरगत बर्तुङ्ग-राम्दी सडकखण्डको दुई स्थानमा खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले दिएको जानकारी अनुसार उक्त राजमार्गको रम्भा गाउँपालिका-३ अगाहाँखोला तथा बगनासकाली गाउँपालिका-४ शेरामा पहिरोले सडक अवरुद्ध भएको छ ।
गएरातिदेखि नै सडक अवरुद्ध भए पनि पानी पर्ने क्रम जारी रहेको हुँदा पहिरो पन्छाउने कार्य सुरु नभएको प्रहरीले जनाएको छ ।
सडक डिभिजन पाल्पाको स्काभेटर पहिरो गएको स्थलमा जादै गरेको भएपनि दुईवटा पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।
राजमार्ग बन्द हुँदा माहबहाक सवारीसँगै अत्यावश्यक सेवाका सवारीसमेत सडकमा अलपत्र परेका छन् ।
-रासस
0 प्रतिक्रिया
कोरियाबाट पैसा पठाउने निराजन ढकाल बने सिटी एक्सप्रेस मेगा बम्पर उपहारको विजेता
सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ योजना अन्तर्गत मेगा बम्पर उपहार आफूले पठाएको भन्दा […]
सूर्यदर्शन सहकारी ठगी प्रकरण : आजबाट जाहेरवालाकातर्फबाट वकिलहरुको थुनछेक बहस
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजदेखि कास्की जिल्ला अदालतमा जाहेरवालाहरुको तर्फबाट वकिलहरुले थुनछेक बहस गर्दैछन् । नेपालका कान्छा न्यायाधीश नीतिज राईको […]
काम नगर्ने १३ निर्माण कम्पनी कालोसूचीमा
सम्झौताअनुसार काम नगर्ने विभिन्न १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट सिफारिस […]
मुकुल ढकालले भने – पार्टी भित्रैकै मान्छेले मलाई कारबाही गरे, अनि सभापतिमाथि नै प्रहार गरे
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा.मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई आफूबाट अलग गर्न पार्टीभित्रबाट खेल भएको स्मरण गरेका […]
एमाले सचिवालय बैठक बस्दै
नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ । बैठक पार्टी कार्यालय च्यासलमा आज दिउँसो १२ः३० मा बस्न लागेको हो । आजको […]