प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पीडितका लागि राहतस्वरुप तत्काल प्रतिपरिवार ५० हजार रुपयाँ र १५ सय बण्डल जस्ता उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन ।

शनिबार मेलम्ची बचार र हेलम्बुमा इन्द्रावती र मेलम्ची नदीको पुर्याएको क्षतिको अवलोकन गर्न पुगेका प्रधानमन्त्री ओलीले अस्थायी वासस्थानका लागि १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार रुपैयाँ राहत उपलब्ध गराइने बताएका हुन ।

मेलम्ची र हेलम्बुमा गरेर ३ सय ७६ घरपरिवारलाई बाढीले विस्थापित बनाएको छ ।

यस्तै, प्रधानमन्त्री ओलीले स्थायी घर बनाउनका लागि मेलम्ची नरपालिकाका स्थानीयलाइ प्रतिपरिवार ४ लाख र हेलम्बु गाउँपालिकाका स्थानीयलाई प्रतिपरिवार ५ लाख रुपैयाँ रकम उपलब्ध गराउनेसमेत आश्वासन दिएका छन ।

त्यसैगरी प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको क्षति एकिन गरी सुचारु गर्न पनि निर्देशन दिएका छनत । आयोजना पुनर्निर्माणका लागि सरकारले रकम उपलब्ध गराउने भएकाले द्विविधाविना काम गर्न पनि उनले आग्रह गरे ।

मेलम्ची र हेलम्बुको अवलोकनपछि प्रधानमन्त्री ओली काठमाडौं फर्किसकेका छन ।