सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा र सहसचिव कृष्णहरि पुस्करलाई सचिवमा बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले बढुवा समितिको सिफारिस अनुसार थापा र पुस्करलाई बढुवा गरेको हो ।
केही दिनअघि मात्र प्रहरीमा एआईजीको एक दरबन्दी थप गरिएको थियो ।
यस्तै बढुवा सिफारिस समितिले सचिवमा बढुवाका लागि ३ सहसचिवलाई सिफारिस गरेको थियो । जसमा पहिलो नम्मरमा पुस्करसँगै खगेन्द्रप्रसाद नेपाल र किरणराज शर्माको नाम सिफारिस भएको थियो ।
सचिवमा बढुवा भएका पुस्कर यसअघि पनि २ पटक सचिवको सिफारिसमा परिसकेका सहसचिव हुन ।








