आज बसेको नेकपा एमालेको कार्यदलको बैठक विना निष्कर्ष स्थगित भएको छ ।

बिहीबार दिनभर पटक पटक बसेको बैठक पुनः साँझ पनि बसेको थियो ।

तर साँझको बैठकमा कार्यदलका सदस्य उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल उपस्थित नभएपछि शुक्रबार फेरि बस्ने गरि स्थगित भएको हो ।

ओली पक्षका सुवास नेम्वाङले शुक्रबार साढे ११ बजे बस्ने बैठकले एकतालाई टुंगोमा पुर्याउने विश्वास व्यक्त गरे ।