नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भएको वार्ता विना निष्कर्ष सकिएको छ ।
कमलपोखरीस्थित मेरियट होटलमा साँझ ७ बजेदेखि दुई नेताबीच वान टु वान वार्ता भएको हो ।
वार्तामा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेललगायतका नेताहरु सहभागी थिए ।
बैठकपछि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले कुनै प्रतिक्रिया दिएनन ।
वार्तामा सहभागी दुवै पक्षका नेताहरुले पनि एकता र सहमतिको विषयमा दुई नेताबीच वान टु वान छलफल भएको र यसलाई सार्थकता दिन भोली बोलाइएको कार्यदलको बैठकमा थप छलफल गरिने बताएका छन ।








