निर्वाचन आयोगले प्रतिनिधिसभाको दुवै चरणको चुनावी कार्यतालिका स्वीकृत गरेको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर आगामी कात्तिक २६ गते पहिलो चरणका र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गर्नुभएको थियो ।

आयोगले सोमबार दल दर्ताका लागि आह्वानसहित निर्वाचनको कार्यक्रमको विज्ञप्ति सार्वजनिक गर्ने छ । ‘एक डेढ घण्टाभित्र आयोगले दल दर्ताका लागि आह्वानसहित निर्वाचनको कार्यक्रमको विज्ञप्ति सार्वजनिक गर्छौ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

प्रतिनिधिसभाविरुद्ध सर्वोच्च अदालतमा हालेको रिटको सुनुवाई जारी छ । तर, आयोगले निर्वाचन कार्यक्रम तय गरेको हो ।