सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ ।
अध्यक्ष बर्माको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ७० वर्षीय बर्मा उच्च रक्तचाप, मधुमेह, मुटुका रोगबाट पीडित थिए ।
पछिल्लो पटक सिकिस्त भएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । अस्पतालको आईसीयूमा राखेर उपचार गर्दा गर्दै शनिबार राति उनको निधन भएको हो ।








