जनता समाजवादी पार्टी (जसपां)बाट लुम्बिनी प्रदेश सरकारमा सहभागी राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन ।

भौतिक पूर्वाधार विकास राज्यमन्त्री रायमाझीले पार्टीले सरकारको समर्थन फिर्ता लिइसकेको अवस्थामा राज्यमन्त्रीको पदमा बसिरहन उचित नठानेर राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।

लुम्बिनी प्रदेशमा वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि जसपाका ६ प्रदेससभा सदस्यमध्ये ४ जना सरकारमा सहभागी भएका थिए ।

जसपाबाट सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल सहभागी भएका थिए ।