पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५७२ सहित देशभर थप २८९२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ६ लाख ७३ हजार ७४९ जना पुगेको छ ।

७ हजार १८७ जनामा पीसीआर परीक्षण गर्दा १८८९ र ४३८१ एन्टिजेन परीक्षणमा १००३ जना गरी २८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ४३६, ललितपुरका १८९ र भक्तपुरका ४७ जना गरी ५७२ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३५९७ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ५ लाख ९६ हजार १३२ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९११२ पुगेको छ ।